सेमिकोलन डेभलपर्स नेटवर्क प्रा.लि. २००८ मा नेपाल सरकार बाट मान्यता प्राप्त गरि संचालनमा रहेको एक सफ्टवेयर निर्माता तथा बिक्रेता कम्पनि हो । बिगत बर्षहरुमा हामीले विभिन्न देश तथा विदेशका संघ-संस्थाहरुका वेबसाइट, एन्ड्रोइड एप्प्स र वेब २.० प्रोडक्टहरु हरु बनाएका छौ र आफ्नै लगानीका गुणस्तरीय अनलाइन प्रोडक्टहरु बजारमा निकालेका छौ । गूगल कम्पनि हाम्रो कस्टमर रहनु हाम्रो लागि गर्बको कुरा हो । सन् २०१२ मा नेपालमा गरिएको सर्भेक्षण अनुसार नेपालमा टप २० सफ्टवेयर कम्पनिमा सेमिकोलन डेभलपर्स पर्न आएको थियो ।
हाम्रा आफ्ना प्रोडक्टहरु अनलाइन बाघचाल (obaghchal.com)
– इन्टरनेटबाट जोकोही सँग च्याट गरे जस्तै गरि बाघचाल खेल खेल्न मिल्ने, घरबेटी.कम
(gharbeti.com) – घर, आफिस, फ्ल्याट आदि खोजि गर्नको लागि प्रचलित
प्ल्याटफर्म तथा
एप्स झोला (appsjhola.com) – नेपाली मोबाइल एप्स हरु
अनलाइनमा खरिद बिक्रि गर्ने मार्केटप्लेस आदि नेपाली इन्टरनेट प्रयोगकर्ता माझ प्रचलित
छन । यी सफल प्रोडक्टहरुको अनुभवबाट पाएका सुझाब, सिकेका ज्ञानहरु र समयानुकूल परिमार्जित
गर्दै लगेको आफ्नो दक्षताले हामीलाई शिक्षा क्षेत्रमा प्रबिधिको प्रयोग बारेमा गम्भीर
रुपमा लाग्न प्रेरणा मिलेको हो । बिगत २ बर्षको रिसर्च, मेहनत र लगानी पछी हामीले
क्याम्स (कम्प्लिट एकेडेमीक म्यानेजमेन्ट सोलुसन) – CAMS (Complete Academic
Management Solution) तपाई समक्ष प्रस्तुत गर्न सफल भएका छौँ ।
साथै, गुणस्तरीय शिक्षा संजाल नेपाल - (Quality
Education Network Nepal – QENN/ क्वेन) सँगको सहकार्यबाट देशभरका क्वेन पार्टनर
शैक्षिक संस्थाहरुमा क्याम्सलाई शिक्षा क्षेत्रको रिसोर्स एक्सचेन्ज सेन्टरको
रुपमा बिकसित गर्ने हाम्रो योजना रहेको छ । क्वेन
समयसापेक्ष, गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न प्रयासरत शैक्षिक
संस्थाहरुको रास्ट्रिय संजाल हो । म्यानेजमेन्टको कमीटमेन्ट, इफेक्टीभ कम्युनिकेसन
र राम्रो सँस्थागत संस्कार पूर्ण
गुणस्तरीय म्यानेजमेन्टका तीन आधार हुन् । सूचना प्रविधिलाई कक्षाकोठामा पुर्याई
टिचिंग, लर्निंग कार्यक्रममा सुधार गर्ने, लर्निंग रिसोर्सहरुको उपलब्धता तथा
गुणस्तर मोनिटर गर्ने तथा विद्यार्थी, शिक्षक र अविभाबकहरुको बिचमा आधुनिक
प्रविधिहरुको प्रयोगबाट प्रभावकारी संचार बढाउनु क्वेनको प्राथमिकता हो । शैक्षिक
सँस्था म्यानेजमेन्टमा क्याम्सले पूर्ण प्राबिधिक पाटो समेट्छ भने क्वेन
म्यानेजेरियल पाटोमा आफ्ना पार्टनर शैक्षिक संस्थाहरु सँग सहकार्य गरि कार्य गर्छ
। समय-समयसमा आफ्ना पार्टनर शैक्षिक सँस्थाहरु, अविभावकहरु बिचमा शिक्षामा प्रविधि
प्रयोग सम्बन्धित अन्तरक्रिया, वोर्कसप, ट्रेनिङ, नेटवोर्किंग मिटिंगहरुको आयोजना
गर्छ । काठमाडौं, पोखरा, बाग्लुङ, चितवन र बिरगंज मा क्वेनले कार्य गरिरकेको छ ।
क्याम्स सफ्टवेयर एज अ सर्भिस (Software as a
Service - SAAS) मोडेलमा बिकास गरिएको प्रविधि हो
। यो खालको सिस्टम समयानुकूल सम्पूर्ण शैक्षिक सँस्थाको आबश्यकता हो । तर, यसमा
गर्नुपर्ने लगानी, टेक्निकल हयुमन रिसोर्सको आवश्यकता आदि कुराहरुले गर्दा शैक्षिक
सँस्थाहरुलाई यस्तो सिस्टम आफैले निर्माण गर्नु तथा दैनिक प्रयोगमा ल्याउनुले बार्षिक
लाखौँको आर्थिक भार सिर्जना गर्न सक्छ । सफ्टवेयर एज अ सर्भिस मोडेलको प्रमुख
फाइदा भनेको यस्तो सिस्टमको ओनरसिप कस्ट न्युन पार्नु हो, जसले गर्दा शैक्षिक
सँस्थाहरुले पूर्ण फोकस आफ्ना शैक्षिक गतिविधिमा गर्न पाउन ।
क्याम्सबाट रेकर्ड किपिंग र त्यसको उपलब्धता तत्काल प्रयोगमा
ल्याउन सकिन्छ । जस्तै नोटिस, इग्जामा रिसल्ट, क्लास नोट्स आदि क्याम्स सिस्टम
एडमिनले राख्न सक्ने तथा विद्यार्थीहरुले वेबसाइट र स्मार्टफोन मार्फत हेर्न मिल्दछ
। अविभावकहरुले (चाहेमा) सिस्टममा लागिन गरि आफ्ना विद्यार्थीका रिसल्ट, नोटिस,
क्यालेन्डर आदि हेर्न मिल्दछ ।
क्याम्स प्रारम्भिक रिलिजका फिचरहरु :
१.
विद्यार्थीको रेकर्ड म्यानेजमेन्ट
२. कर्मचारी
तथा स्टाफको रेकर्ड म्यानेजमेन्ट
३. एकेडेमीक
क्यालेन्डर
४. नोटिस
बोर्ड
५. पठन-पाठन
सामग्री, लेक्चर नोट, ह्यान्ड्सआउट आदिको उपलब्धता
६. ईग्जाम
तथा रिसल्ट पब्लिसिंग, बिद्यार्थी/अविभावकले मार्कसिट आफैले लगिन गरेर हेर्ने
प्रिन्ट गर्न मिल्ने
७. बिद्यार्थी
लगिन (चाहेको अबस्थामा, सिस्टम बाट विद्यार्थीलाई लगिन गर्न दिने नदिने मिलाउन
मिल्ने)
८. स्टाफ
लगिन (चाहेको अबस्थामा, सिस्टम बाट विद्यार्थीलाई लगिन गर्न दिने नदिने मिलाउन
मिल्ने))
९. अविभावक
लगिन (अविभावकले कलेज ब्यबस्थापनबाट एकाउन्ट बनाउन लगाउनु पर्ने)
१०. क्याम्स
एडमिन लगिन - सिस्टम चलाऊने, डाटा तथा जाकारी अप-टु-डेट गर्ने ।
११. हाल
भएको शैक्षिक सँस्थाको वेबसाइटसंग कनेक्ट गर्न मिल्ने बेसिक वेबसाइट (सम्पूर्ण
बिद्यार्थी तथा स्टाफको प्रोफाइल हेर्न मिल्ने गरि)
१२. स्मार्टफोन
एप्लिकेसन – माथिका सम्पूर्ण कुराहरु आफ्नो मोबाइल फोन बाट हेर्न मिल्ने
(अविभावक, विद्यार्थी तथा प्रिन्सिपलले मोबाइलबाट लगिन
गरेर हेर्न मिल्ने)
१३. मासिक
डाटा ब्याकप तथा सुरक्षा

House No. 51-17-22 (Ne.Bi.Pra./ Pulchwok)
P.O.Box: 9018, Jwagal, Lalitpur, Nepal
Ph: +977-1-5520471
Sales/Request Quote
sales [at] semicolondev.com
0 comments